सशस्त्र समूहको आक्रमणमा नाइजेरियामा ५७ जनाको मृत्यु


नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा ५७ जनाको मृत्यु भएको छ ।

जुरु जिल्लामा भएको घटनामा सरकारनिकट मानिने लडाकु दस्ताका सदस्यलाई सशस्त्र समूहले हत्या गरेको हो ।घटना सोमबार भए पनि प्रहरीले मङ्गलबार मात्रै जानकारी दिएको हो ।

नाइजेरियामा सशस्त्र लुटेराहरूबाट स्थानीयवासीलाई विभिन्न किसिमले दुःख दिन थालेपछि प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूह बनाइएको छ ।

यही प्रतिकार समूह सशस्त्र समूहको निशाना परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *