सत्ता गठबन्धनमा देखिएका सबै समस्याहरू समाधान भइसकेको छैनन्
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएपनि सत्ता गठबन्धनमा देखिएको सबै समस्याहरू समाधान भइनसकेको बताएका छन् ।
पार्टीको शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले एमसीसी अनुमोदनका लागि गरिएको ‘व्याख्यात्मक घोषणा’ उपयुक्त कदम भएको बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता देव गुरुङले अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै ‘व्याख्यात्मक घोषणा’ले सबै चुनौतीहरू समाधान गर्न नसक्ने बताए ।“चुनौतीहरू छन्, सबै हल भइसक्यो भन्ने हैन । तत्कालका लागि एउटा स्टेप अघि बढेको हो । समस्याहरू फेरि पनि छन्,” प्रचण्डलाई उद्धृत गर्दै उनले भने, “निर्वाचनसम्म यो गठबन्धबाटै अघि जानुपर्छ ।