पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, कुनमा कति बढ्यो ?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। बिहीबार रातिबाट लागू हुनेगरी निगमले मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेल १३३ रुपैयाँ कायम हुनेछ। यो मूल्य निगमको काठमाडौँ डिपोको १५ किलोमिटरभित्र लागू हुनेछ।
निगमले ग्यासको मूल्य भने यथावत राखेको छ। केही दिनअघि मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले बिहीबार पुनः बढाएको हो ।
समायोजनपछि पनि निगमको पाक्षिक घाटा दुई अर्ब ५० करोड रहेको जनाइएको छ।