स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने
स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मेसिनको प्रमाणीकरण कसले गर्ने भन्ने स्पष्ट व्यवस्था नभएसम्म मेसिन प्रयोग गर्न नसकिने बताए ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको अध्ययनको कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएपनि मेसिन प्रमाणिकरणको विषयमा आयोग ढुक्क हुन नसकेको उनले बताए ।“उक्त प्रतिवेदनमा टेक्निकल इभ्यलुएट कमिटीले मेसिनको प्रमाणीकरण गर्ने भन्ने विषय राख्नुभएको छ । त्यसमा आयोग सन्तुष्ट हुन सकेन ।
त्यो कमिटीलाई कुनै पनि कानुनले चिन्दैन । त्यो टेक्निकल कमिटी गठन गर्नेगरी कानुनले आयोगलाई कुनै अधिकार दिएको छैन,” उनले भने ।उनले प्रमाणीकरणको विषय टुंगो नहुँदासम्म विश्वसनीयतामाथि प्रश्न उठ्ने बताए ।