आज बाँडफाँड हुदैछ राष्ट्र उत्थान लघुवित्तको आईपिओ


राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफाँड हुदै छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहिबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन गत आइतबार साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा ३८.३० गुणा बढी हो ।
कम्पनीको आईपिओ गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ४६ हजार जना आवेदक हात खाली हुने छन् ।
यद्यपि यो डाटा भेरिफाई हुनु अगाडीको डाटा रहेकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *