मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा


मञ्जुश्री फाइनान्सले काठमाडौं वडा नं. १४ कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ बानेश्वरमा मुख्य कार्यालयसँगै न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा गरि २३ वटा शाखा रहेका छन् । अब थप १ शाखासहित २४ पुगेको छ ।

पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु. ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु। ११।६३ अर्व निक्षेप संकलन गरि रु. ११.०२ अर्ब कर्जा परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *