किन स्थगित भयो नेकपा माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक ?


नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । माघ २८ र २९ गते बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको हो ।

पार्टीको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ ।माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो ।

माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन । कोरोनालाई विशेष कारण देखाएर बैठक सारिएको माओवादी केन्द्रका एक नेताले बताए ।उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा गठबन्धनमा ठोस सहमति नजुटेसम्म माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *