तोलामा ५ सयले बढ्यो सुनको भाउ


आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँ पुगेको छ ।तेजाबी सुनको भाउ पनि तोलामा ५ सयले नै बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलाको १२ सय ८० रुपैयाँमा स्थिर छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *