१३.१२ प्रतिशतले बढ्यो बुटवल पावर कम्पनीको नाफा


चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बुटवल पावर कम्पनी लिमिटेडले रू. १८ करोड १४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १३ दशमलव १२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १३ करोड ८३ लाखभन्दा बढी यो नाफा गरेको थियो ।

यस वर्ष सञ्चालनबाट आम्दानी रकम गत वर्षभन्दा १८ दशमलव ३६ प्रतिशत बढेको छ । गत वर्ष रू। १६ करोड ३५ लाखभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १९ करोड ३६ लाखभन्दा बढी यो आम्दानी गरेको हो । विद्यतु विक्रीबाट यो वर्ष कम्पनीले ८ दशमलव ४० प्रतिशत बढी रू। ४२ करोड ३१ लाख आम्दानी गरेको छ । १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ३ अर्ब २४ करोड ६३ लाख २७ हजार पुगेको कम्पनीको जगेडा कोष रकम भने ७ दशमलव ०८ प्रतिशत कम रू. ३ अर्ब ६४ करोड ९७ लाख कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ५९ र प्रतिशेयर नेटवर्थ रू. २१२ दशमलव ४३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *