बन्द शिक्षालय पुनः सञ्चालनका लागि सरकारद्धारा गृहकार्य शुरू
कोभिड-१९ महामारीको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरू भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रवार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरूसँग गरेको छलफलमा विद्यालय खोल्ने गृहकार्य भएको हो ।
प्राप्त सुझावका आधारमा आगामी आइतवार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सीसीएमसीको बैठक गरेर थप सिफारिस गरिने भएको छ ।
सीसीएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९नेसनल प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासंघका अध्यक्षा कमला तुलाधर लगायतको सहभागिता थियो ।