सातवटै प्रदेशमा वर्षा र हिमपातको सम्भावना
देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । आज राति देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । मनाङ, मुस्ताङ, सोलुखुम्बुल, हुम्लालगायत जिल्लामा लगातारको हिमपातका कारण तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झरेको छ । तापक्रम न्यून हुँदा जनजीवन प्रभावित भएको छ ।
काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार दिउँसो काठमाडौंको तापक्रम १३ देखि १५ डिग्री सेल्सियससम्म रहनेछ ।
“काठमाडौंमा वर्षाको सम्भावना छ ।