३ लघुवित्त सहित एकैपटक ५ कम्पनीले पाए आईपीओ निष्काशन अनुमति


धितोपत्र बोर्डले ५ ओटा कम्पनीलाई सर्वसाधारण सेयरको सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्ड संचालक समितिको हिजो (बुधबार) बसेको बैंठकले विभिन्न ५ ओटा कम्पनीलाई एकैपटक आईपीओ निष्काशन अनुमति दिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।लामो समयदेखि आईपीओ निष्काशनका लागि बोर्ड समक्ष आवेदन आएर बसेको थियो,’ उनले भने, ‘आईपीओ निष्काशन नियमित प्रक्रिया हो सोही अनुरुप हिजो बसेको संचालक समितिको बैठकले अनुमति दिने निर्णय गरेको हो ।’

उनका अनुसार जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड र ग्रीन भेन्चर लिमिटेडले आईपीओ निष्काशन अनुमति पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *