कामना सेवा बन्यो रिपोर्ट निकाल्ने पहिलो कम्पनी,१ अर्ब खुद सञ्चालन आम्दानी
कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथ करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ ।यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८.९२ अरब पुगेको छ भने कर्जा ४४.९० अर्ब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९५ र १०.९८५ ले बढेको हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२५ कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७ रहेका छ। बैंकको हालको चुक्तापूँजी ३.१४ अर्ब र जगेडा कोषमा ९.६७ करोड रहेको छ । साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १।७९५ रहेकोमा यस त्रैमासिक सम्ममा १.७७५ मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७५ छ ।