दुई कम्पनीले मागे आईपिओ निष्काशनको अनुमति
रसुवागढी हाइड्रोपावर कम्पनी र पिपुल्स पावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रसुवागढीले पुस २३ र पिपुल्सले पुस २७ गते बोर्डमा आवेदन दिएको हो ।
रसुवागढीले आयोजना प्रभावित स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
त्यस्तै पिपुल्स पावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।