महालक्ष्मी लाइफको चौथो वार्षिक साधारण सभा माघ २७ गते हुने


महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चौथौ वार्षिक साधारण सभा माघ २७ गते गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजे हुने जानकारी गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै सभाले कम्पनी एने २०६३ को दफा १०५ (१) (ग)बमोजिम आव २०७६/७७ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारीत गर्नेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण तथा नेपाल सरकारको सुचना बमोजिम साधारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।बीमा समितीले न्यूनतम पूँजी रू। २ अर्ब पुर्याउनका लागि रू। ६० करोड बरावरको आईपीओ निष्कासन गर्ने तयारीमा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *