राष्ट्रियसभा निर्वाचन : आजदेखि आचारसंहिता लागू
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । आउँदो माघ १२ गते हुने उक्त निर्वाचनका लागि आचारसंहिता लागु गरिएको हो ।
मिति २०७८/१०/१२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि यस आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७२ भोलि मिति २०७८/०९/२६ गतेदेखि देहायबमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई लागु गरिएको छ, निर्वाचन आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, आचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचारसंहिताको पूर्ण रूपमा पालना गर्न/गराउन आयोग सम्पूर्ण सरोकारवालाहरूमा निर्देश गर्दछ ।