एनएमबि बैंकको लाभांश पारित, चुक्ता पुँजी १८ अर्ब नाघ्यो
एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले पौष २२ गते, बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा वार्षिक साधारण सभा गरेको हो।
वार्षिक साधारण सभाले आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनले बैंकलाई “Bank of The Year Asia 2021” र “Bank of The Year Nepal 2021 बाट सम्मानित गरेको छ । उक्त अवार्ड शेयरधनीहरुले समय समयमा बैंकलाई दिएको सुझाब एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै सम्पूर्णप्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ ।