नेपाली खेलकुद ईतिहासमा ओलम्पिक


नेपाली खेलकुद ईतिहासमा ओलम्पिकमा प्रथम पटक सहभागी भएको सन् १९६४ टोकियो जापानमा भएको ग्रिस्मकालीन ओलम्पिक नै हो । अन्तर्राष्ट्रिय खेल मैदानमा भाग लिएको त्यो भन्दा पहिला भारत र चिन दुई छिमेकी राष्ट्रहरुमा हुने अन्तरदेसीय र राज्य अन्तर्गतका थुप्रै खेलमा सफल सहभागी भएको इतिहास र तथ्यले जानकारी गराउछ । घोडचडी र कुस्ती त्यती बेलाका प्रमुख खेल र मनोरञ्जन भेला हुने प्रमुख थियो त्यस पछि फुटबल, हकि र क्रिकेट आदिले नेपालको खेल इतिहासमा अग्रेनी भुमिका निभाएको र चर्चामा रहेको पनि पाइएको छ । नेपालका पहाडिक्षेत्रहरुमा दौड, भलिबल र पर्यटकिय मनोरञ्जनको हिसाबले नेपालमा मात्र खेलिने हातिपोलो पनि एक हो । जुन समय र विभिन्न परिस्थितिले गर्दा खेलहरु परिमार्जित हुदै गएका छन् । आधिकारीक र दक्षिण एशियामा भाइचारा सदभाव प्रकट हुने तरिकाबाट साफ खेलकुदको स्थापना भएपछि मात्रै खेल जगतमा एउटा नया तरंग र समकक्षी देशको परिवेशमा खेलकुद एउटा आफ्नो क्षमता सक्ति प्रदर्शन र प्रतिष्ठाको विषय रहदै आएको पाइएको छ । साफ खेलकुद बाहेक नेपालले हालसम्म पदक तालिकाहरु प्राप्त गर्न सकेको प्राय नगन्य छ । विश्व खेल मैदानमा १९६४ देखि नै सहभागि भए तापनि देशको प्रतिनिधित्व पहिचान र गरिमा जोगाउने बाटो विरलै रुपमा देखिएको छ भन्दा अतियुक्ति नहोला ।

नेपालमा पञ्चायतकालमा हुने विभिन्न महत्वपूर्ण खेल विदेशी पाहुना आउदा खेरी प्रदर्शन गरिने विभिन्न खेल प्रतियोगिताहरुमा मात्र सिमीत रहेको थियो । वि।सं। २००७ साल अघि राणा शासकहरुको दरबार र पारिवारीक भेला आदिमा सिमित रहदै आएको नेपाली खेल विश्व परिवेशमा ओलम्पिकमा सहभागि र देशको प्रतिष्ठा आदि सम्मीलित खेल र खेलाडि आदी विश्वमान चित्रमा देखिन गयो । विदेशी विशेष गरि अंग्रेजको अगाडि पनि आफ्नो पहिचान आदिको कुरालाई अगाडि देखाउने मौका बुझियो । खेलमा सहभागि र विदेश यात्राले नेपालीमा एउटा ज्ञान, सिप, कला र विश्व भाइचाराको पनि अनुभव गराएको छ । नेपालले हालसम्म ओलम्पिक खेलहरुमा १२ पटक सहभागि जनाएको र ४ पटक हिउँदे ओलम्पिकमा सहभागि जनाएको छ । सन् १९६४ टोकियो जापान देखि लगातार १९६८, १९७६, १९८०, १९८४, १९८८, १९९२, १९९६, २०००,२००४, २००८, २०१२, २०१६, २०२० पुनः टोकियो जापानमा नै सहभागि जनाएको छ । ग्रिस्म ओलम्पिकमा जापान देखि शुरु भएर जापान सम्मै हाल सम्मको उपलब्धि हेर्दा प्रथम पटक खेलाडीको अवस्था र पछिल्लो पटक पौडिमा गौरिका सिंह, एलेग्जेन्डर साहा, स्पिनर सरस्वती चौधरी, सुटिंगमा कल्पना परियार, जुडोको सोनिया भट्ट, जुलाई १४ को २०२१ को टोकियो ओलम्पिकमा सहभागि भएकाबाट देख्न सकिन्छ ।

ओलम्पिक इतिहासमा हालसम्मका प्रमुख पदक तालिकाहरु

संयुक्त राज्य अमेरिका – १०६१ स्वर्ण पदक विजेता

सोभियत युनियन – ४४० स्वर्ण पदक विजेता

जर्मनी – २८५ स्वर्ण पदक विजेता

बेलायत – २८५ स्वर्ण पदक विजेता रहेका छन् ।

नेपालले हालसम्म अन्तर्राष्ट्रिय स्वर्ण पदक गोपीचन्द्र पाकि जसले १३औं दक्षिण एशिया खेलकुदमा स्वर्णपदक हासिल गरे । त्यो लगायत दक्षिण एशिया खेलकुद जुन नेपालमा सम्पन्न भएको थियो जसमा नेपाल दोस्रो स्थान प्राप्त गरेको थियो ।

हालसम्म विभिन्न ओलम्पिकहरुमा विभिन्न मुलुकले आ–आफ्नो सहभागिता नजनाएका पनि छन् । एक विश्व महामारी भएको अवस्थामा दोस्रो विश्व युद्ध भएको अवस्थामा बाहेक इन्डोनेसिया र नर्थ कोरियाले एक अर्काका विरोध १९९६ मा मेक्सिको र साउथ अफ्रकाको विरोध आदि वाहेक राजनैतिक आधारमा वहिष्कार भएका कमै छन् । हाल हिउदे ओलम्पिकमा विभिन्न देशबाट वहिष्कारका घोषणहरु आएतापनि खेल र खेलाडिहरु व्यक्तिगत रुपमा अथवा संस्थागत सम्बन्धका आधारमा खेलकुदमा सहभागि हुने जनाएका छन् । जुन विश्वमा विरलै रुपमा पाइएको छ । विश्वको बढदो आर्थिक र उदयमान शक्तिहरुको विच नेपाल आफ्नो खेल र खेलाडिहरुलाई त्यस तर्फ सहभागि गराउन तत्पर छ । नेपाल एक चिन निति र पन्चशिलको आधारमा रहेर विश्व भाइचाराको उदाहरण गरि एक असल मित्र भएर देखाउन चाहन्छ । नेपालको निति आफ्नो भुमि कुनै पनि विदेशीको विरुद्धमा प्रयोग हुन नदिने निति रहेको छ। हुन त हाल प्रविधि र संचारले गर्दा विश्व साँगुरिएको भएतापनि नेपालमा त्यस किसिमको गतिविधि बहिष्कार नेपाल कानुनले नै बर्जित गरेको हुँदा नेपाल सरकार त्यस तर्फ सजग रहेको बुझिएको छ ।

साथै नेपालले हिउदे ओलम्पिकमा हालसम्म ४ पटक मात्र भाग लिएको छ । यसपालि २०२२ चिनमा हुने वेइजिङमा सहभागि हुने जनाएको छ । तर नेपाली मुलका तेजविर बुढा जसले ओलम्पिक स्वर्ण पदक अल्पानिष्ट १९२४ को विन्टर ओलम्पिकमा वेलायतको तर्फबाट सहभागि हुँदा प्राप्त गरेका थिए । हिउदे ओलम्पिक नेपालको सहभागिता नेपाली खेलाडीहरुलाई क्पष्लन मा राम्रो पर्दशन गर्न सहभागिता जनाउने तर्फ एक जना पठाउने तयारी भएको बुझिन्छ ।

नेपालको ओलम्पिक परिसद पूर्व ताइकान्दो खेलाडि दिपक विष्टको अध्यक्षतामा हाल गठन भएको बुझिएको छ । यद्यपि २०१७ मा सुनिललाल जोशीको निधन भएपछि नेपाल ओलम्पिक कमिटि पनि विवादमा रहेको छ ।

हालको अवस्थामा नेपाली खेलाडीहरुलाई मनोबल बढाउने र सम्मान गराउने विविध कार्यक्रमहरु हालका युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराजाबाट भएको देखिन्छ । हालै नेपालले बंगलादेशमा भएको महिला एशियन भलिबलमा आफ्नो कृतिमान राख्न सफल भएको अवस्थालाई थप कोशेढुंगाको रुपमा लिन सकिन्छ । विगतमा भन्दा हाल खेल जिवनमा पनि लक्षित गरेर जिवन चल्न सक्ने अवस्था देखिएको छ । खेलाडीहरु देशका गहना हुन विदेशमा गएर आफ्नो पौरख र प्रतिष्ठा व्यक्त गरेर देशको शिर उच्च बनाउने काम गरेको देखिन्छ ।

हाल सम्म नेपालले कुल ७५ खेलाडी ओलम्पिक खेलमा सहभागिता जनाएको छ । जसमा ५० जना पुरुष खेलाडी र २५ महिला छन् ।

नेपाली इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाडी नेपाली आर्मीका जित बहादुर केसी हुन जसले म्याराथनमा पदक ल्याउन सफल भएका थिए । विश्व ओलम्पिक इतिहासमा सम्राट त्जभयतयकष्गक ले सन् ३९३ मा इसाईहरुको कारणले गर्दा खेल स्थगीत गरेका थिए । १२ औं सताब्दीमा उक्त परम्परागत खेल पछि पुन ः आधुनिक कालमा संचालन हुदै आयो ।

सन् २०२१ को शुरुवातमै चिनले आफ्ना खेल र खेलाडीका सुचीहरु प्रकाशित गरेर विश्व खेलजगतलाई एउटा क्षतमुनी आउन निमन्त्रणा गरेको थियो । हालसम्म चिनले २७५ स्वर्ण, २२७ कास्य र १९४ रजत गरी कुल ६९६ पदक जितन सफल भएको छ । चिनको सहभागिता सन् १९५२, १९५६, १९८०, १९८४, १९८८, १९९२, १९९६, २०००, २००४, २००८, २०१२, २०१६, २०२० मा सहभागि भएका छन् । चिनका प्रमुख खेलहरुमा जिम्नास्टिक, स्वीमिङ, सुटिंग, टेबलटेनिस, ब्याडमिन्टन, आदि रहेका छन् । चिनले विगतमा भन्दा तिन गुना स्वर्ण पदक जितेर आफ्नो खेल कौशल र प्रभुत्व जनाएको छ ।

यद्यपि नेपालले हालसम्म १२ वटा मात्रै गृष्मकालिन ओलम्पिक र ४ वटा हिउदे ओलम्पिकमा सहभागिता जनाएको छ । हालको अवस्थामा नेपालले प्राविधिक, भौतिक र खेल खुबी मात्रै अघि बढाउन सकेको देखिन्छ । अथवा भन्नुपर्दा स्तर परिवर्तन भएको मात्रै बुझिन्छ ।

हिउदे ओलम्पिक नेपालको छिमेकी राष्ट्र जनवादी गनतन्त्र चिनमा यहि २०२२ फेब्रुअरी ४ देखि २० सम्म वेइजिङको ज्भ्द्यग्क्ष् भन्ने प्रान्तमा हुन गइरहेको छ । नेपाली खेलाडीहरुले आफ्नो क्षमता अनुभव खुशी अनुभवको रुपमा उपहार स्वरुप आफ्नो क्षमता विकास गर्न पाउने अनुभुति गर्न सकिन्छ । हिउदे ओलम्पिक २०२२ अन्तर्राष्ट्रिय खेलजगतको विश्व भाइचारा आदिको लागि ठुलो अवसर रहेको बुझिन्छ ।

हाम्रो मित्र राष्ट्रमा हुने खेल महोत्तसवमा हाम्रो पनि सहभागिता हुनेछ भन्ने धारणा राख्दै सफल कार्यक्रमको शुभकामना साथै सफल खेलाडीको उपस्थित हुनेछ । विश्वास लिनेछ ।

 

लेखक (ज स पा नेपाल ) समाजबादी खेलकुद महासङ को सदस्य सन्जिब झा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *