राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्न सत्ता गठबन्धनको बैठक बस्दै


सत्ता साझेदार दलहरुको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्नेछ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरू कसरी अगाडि बढ्ने भन्ने विषय बैठकको मुख्य एजेण्डा छ । रिक्त १९ पदमध्ये कसले कति सिट पाउने लगायत विषय छलफल हुने बताइएको छ ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा छन् ।माघ १२ मा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ । मंगलबार उमेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *