मल खरिदमा एक अर्ब ५३ लाख भ्रष्टाचार, प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा १० जनासहित दुई कम्पनीलाई समेत विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गुणस्तरहीन रासायनिक मल ९डीएपी० आयातमा एक अर्ब भ्रष्टाचार भएको अख्तियारको दाबी छ । अख्तियारले कृषि सामग्री केन्द्रका प्रवन्ध सञ्चालका नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पष्करदीप बुढासमेतले कृषि सामग्री कम्पनीलाई हानि नोक्सानी पुर्याएको र आफूलाई लाभ हुने कार्य गरेको पुष्टि भएको दाबी गरेको छ । उनीहरूविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
खरिदमा नेपाल सरकारले तोकेको गुणस्तरको मल आयात नभएको, सार्वजनिक खरिद ऐन विपरीत कृषि सामग्री कम्पनीले प्रतिस्पर्धा प्रमाणपत्रसमेत अध्यावधिक नगरेको नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफिक सर्भिस प्रालिलाई गुणस्तर प्रतिवेदन तयार पार्न लगाएको अख्तियारको आरोप छ ।