टी-२० विश्वकप छनोट, ३० खेलाडीलाई बोलाइयो बन्द प्रशिक्षणमा
आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानको छनोट समितिले मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको समन्वयमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। जनवारी १ बाट पहिलो चरणको प्रशिक्षण सुरु हुनेछ।
यी हुन् बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडी
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आशिफ शेख, कमलसिंह ऐरी, शहाब आलम, सन्दीप जोरा, अभिनास बोहोरा, शुसन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलसन कुमार झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह