लोसपामा राजेन्द्र महतो समूहको विद्रोह, केन्द्रीय कार्यालयमा १६१ जनाको धर्ना


लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट नेताहरूले आइतबारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले धर्ना दिनेहरुसँग भेट्न चाहेका छैनन्।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा अध्यक्ष तथा पर्यवेक्षक नियुक्त गर्दा जथाभाबी गरेको आरोप आन्दोलनकारी छ ।
धर्ना बस्न जनकपुर काठमाडौँ आएका लोसपाका नेता सञ्जय सिंहले पार्टीका अध्यक्ष ठाकुरले जिल्ला तथा प्रदेशहरूमा मनोनयन गर्दा पार्टीको विधि र प्रक्रिया अनुसार नगरेको, एकैजनालाई धेरै पद दिएको विरुद्ध आफूहरू संघर्ष गर्न काठमाडौँ आएको बताए।
उनले भने, ‘हिजोदेखि हामी पार्टी कार्यालयमा धर्ना बसिरहेका छौँ तर पार्टीका अध्यक्ष महन्थ ठाकुरले हामीसँग भेट्ने समय मिलाउनु भएको छैन ।’ धर्ना बस्नुअघि अध्यक्ष ठाकुरसँग सम्पर्क गरेको तर उनले भेट्ने नभेट्ने केही टुंगो नभनेको बताउँदै नेता सिंहले आफूहरूको माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *