ओमोक्रन संक्रमण बढ्दै जाँदा भिडभाड नगर्न डब्लुएचओको चेतावनी


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमोक्रनको बढ्दो संक्रमणदर प्रति चिन्ता व्यक्त गरेको छ। यो भेरियन्ट कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिहरुमा पनि देखिएको र डेल्टा भेरियन्ट भन्दा तिब्र रुपमा फैलिँदै मानिसमा संक्रमण देखाइरहेको भन्दै डब्लुएचओका प्रमुख वैज्ञानिकले चिन्ता गरेका छन्।

डब्लुएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले प्रारम्भिक प्रमाणका आधारमा ओमोक्रनलाई यस अघिका भेरियन्ट भन्दा मामुली भएको निष्कर्ष निकाल्नु बुद्धिमतापूर्ण नभएको बताएकी छन्।

उनले कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरुमा बुस्टर डोज केन्द्रीत गर्नुपर्ने सुझावसमेत दिएकी रोयटर्सले जनाएको छ।

डब्लुएचओका महासचिव टेड्रोस अधानोम घेव्रेयेससले भनेका छन्’अहिले उपलव्ध प्रमाणहरुले डेल्टा भेरियन्ट भन्दा ओमोक्रन भेरियन्ट तिब्र रुपमा फैलिरहेको देखाएको छ। र खोप लगाएका वा कोभिड-१९ बाट संक्रमणमुक्त भइसकेका व्यक्तिहरु पनि संक्रमित वा पुन संक्रमित हुन सक्छन्।

गत साता मात्र इम्पेरियल कलेज अफ लण्डनले त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सी र राष्ट्रिय स्वास्थ्य सेवाको तथ्यांकका आधारमा जारी गरेको एक रिपोर्टले ओमोक्रोन भेरियन्टबाट पुनस् संक्रमित हुने जोखिम अन्य भेरियन्ट भन्दा पाँच गुणा बढी रहेको देखाएको थियो। साथै यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा कम संक्रामक ९मामुली० भएको कुनै संकेत देखा नपरेको जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *