नेपाली कांग्रेसको सह-महामन्त्रीमा आङदेम्बे, उपाध्याय र परियार विजयी


नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा सह–महामन्त्रीका लागि भएको निर्वाचनमा आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे विजयी भएका छन् । उनले २७११।मत ल्याएका हुन । उनका प्रतिद्वन्द्वी विकाश लामाले १९१३ मत मात्रै पाए । आदिवासी जनजातीतर्फबाट महामन्त्री बन्न सफल भएका आङ्देम्बे शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए । लामा भने शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए ।लामालाई आङ्देम्बेले ७९८ मतले पराजित गरे । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो ।

त्यसैगरी, कांग्रेसको महिलातर्फको सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन । उनले २५३३ मत प्राप्त गरेर विजयी भएकी हुन । डिना शेरबहादुर देउवाको प्यानलबाट १४ औं महाधिवेशनमा महिलातर्फ सह–महामन्त्रीको उम्मेदवार बनेकी थिइन । उनकी प्रतिद्वन्द्वी कमला पन्तले २१०५ मत मात्रै पाएकी छन् । उनी शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *