फ्रेन्ड्स क्लबसँग थ्री स्टारको बराबरी


शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग थ्री स्टार क्लब बराबरीमा रोकिँदा दोस्रो खेलमा सातदोबाटो युथ क्लबले एपीएफमाथि सानदार जित निकालेको छ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स क्लबले अग्रता बनाएको थियो। कप्तान बुढाथोकीको पासमा नाथिअल ग्रासिआले ५१ औं मिनेटमा हेडरमार्फत गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए। यद्यपि, खेलको अन्तिम समयमा थ्री स्टारले पुनरागमन गरेको थियो। ८३ औं मिनेटमा मिक्चेन तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *