उन्नति सहकार्य लघुवित्तले घटायो लाभांश

उन्नति सहकार्य लघुवित्तले लाभांश संशोधन गरेको छ ।
उन्नत्ति र सहकार्य लघुवित्त मर्ज भएर बनेको उन्नति सहकार्य लघुवित्तले लाभांश कर छुट पाउने भएपछि गएको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले ३२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो ।कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनानुसार २० प्रतिशतमाथि लाभांश बाँड्दा २५ प्रतिशत ग्राहक संरक्षण कोषमा छुट्ट्याउनुपर्ने व्यवस्थाअनुसार नछुट्ट्याई लाभांश प्रस्ताव गरेपछि राष्ट्र बैंकको निर्देशनमा लाभांश संशोधन गरेको हो । कम्पनीले अब ३२ प्रतिशतबाट घटाएर ३० प्रतिशत मात्रै बोनस सेयर वितरण गर्ने भएको छ ।