नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीचको भेट र तरंगीत राजनीति


नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच शुक्रबार भेटवार्ता भएको छ । सिंहलाइ भेट्न नेता कोइराला चाक्सिबारीस्थित सिंह निवास पुगेका थिए ।

चाक्सिबारी स्रोतकाअनुसार भेटमा १४औँ महाधिवेशनमा सभापतिका लागि सहयोग गर्न दुवै नेताले एक अर्कालाई आग्रह गरेका थिए । भेटको अन्तर्य नखुले पनि नेता कोइरालाले आफू सभापति उठ्ने र त्यसबाहेकका पदमा सहमति गरेर जानुपर्ने भनेका थिए ।
नेता सिंहले पनि सभापति लड्ने र मिलेर अघि बढ्न आग्रह गरेका थिए ।केही समयदेखि नेता सिंह रामचन्द्र पौडेल समूहबाट बाहिर छन् । उनी समूहका भेला र बैठकहरूमा पनि उपस्थित हुन छाडेका छन् ।

नेता सिंहलाई भेट्न हिजो नेता पौडेल पनि चाक्सिबारी पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *