न्यायालय गतिरोधको यथाशीघ्र निकास हुनुपर्ने पाँचदलीय समन्वय समितिको निष्कर्ष


सत्तारुढ पाँच दलीय गठबन्धनले केही दिनयता सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको गठबन्धन अन्तर्गतको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको छ । बैठकले न्यायालयभित्र छिटै निष्कर्ष निस्कने विश्वास समेत व्यक्ति गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय समेत उनले बताए ।त्यस्तै राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा गठबन्धनको सहकार्यलाई अघि बढाउने गठबन्धनले जनाएको छ ।

गठनबन्धनको निर्माणसंगै जटिल संक्रमण अन्त्य भएर मुलुकको राजनीति लिकमा फर्किएको बैठकपछि गठबन्धनका शीर्ष नेताले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । गठबन्धनले स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थीरताको आशासंगै स्वदेशी तथा विदेशी लगानीकर्ता तथा उद्यमीहरु समेत उत्साहित भएको दावी गरेको छ ।

गठबन्धनलाई जनतासंग छिटो र सहज रुपमा सेवा सुविध उपलव्ध गराई जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *