संवाद मार्फत् समाधान खोज्न प्रधान न्यायाधीशको आग्रह


केही दिनदेखि अदालतमा देखिएको विवादको संवाद मार्फत् समाधान खोज्न प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आग्रह गरेका छन्।

सोमवार बिहान प्रधान न्यायाधीश राणाले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा रहेका न्यायाधीशहरुलाई काममा फर्किन समेत आग्रह गरिएको छ। अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधान न्यायाधिशबाट जारी भएको विज्ञप्ति पढ्दै अहिले देखिएको समस्याको समाधान विद्रोह छोडेर संवादबाट नै खोज्न भनिएको छ।

कर्तब्य निर्वाह गर्ने सिलसिलमा यदाकता प्रश्नहरु उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एशोसिएशन र न्यायपालिका बिच हातेमालो गरि एक अर्कोको परिपुरकको रुपमा अगाडि बढ्दै आएको हाम्रो इतिहास म फेरि स्मरण गर्दछु। पारस्पारिकता र हार्दिकताको कुरा जहाँबाट टुटेको छ, त्यहीँबाट समस्याको समधान खोज्न सकिन्छ, प्रधानन्यायधीशले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले आजदेखि आन्दोलन केन्द्रिकृत गरेको छ। आज सर्वोच्च अदालतभित्र जुटेका वकिलहरुलाई प्रहरीले सामान्य बल प्रयोग गरेको थियो।

जबराविरुद्ध जिल्लागत तहमा समेत आन्दोलनका कार्यक्रमहरु सुरु हुन थालेपछि उनले संवादका लागि आग्रह गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *