नोक्सानी सुधादैं खुद नाफा गर्न सफल बन्यो दिव्यश्वरी हाइड्रो


दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले नोक्सानी सुधादैं खुद नाफा गर्न सफल भएको छ । कम्पनीले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार यस वर्ष २९ लाख ३७ हजार रुपैयाँ खुद नाफा गर्न कम्पनी सफल भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ५१ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

यस वर्ष कम्पनीले २१ दशमलव ७९ प्रतिशत बढी २ करोड ९७ लाख १ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ भने जगेडा कोष रकम २० करोड २४ लाख रुपैयाँ भन्दा बढी ऋणात्मक छ । अल्पकालिक कर्जा ५ करोड ४४ लाख ६५ हजार रुपैयाँ रहेको कम्पनीको दिर्घकालिन कर्जा ६० करोड ४३ लाख ३२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म १ दशमलव ११ र प्रतिशेयर नेटवर्थ २३ दशमलव ३२ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *