कार्यसमिति बैठकको रणनीति तय गर्न नेता पौडेलले डाके समुहको बैठक


तीन महिनापछि बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको रणनीति तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्ने भएको छ । नेता पौडेलले शुक्रबार दिउँसो २ बजेका लागि आफू निकट केन्द्रीय नेताहरूलाई काठमाडौंको दियालो फुडल्यान्डमा बोलाएका छन् ।

बैठकमा महाधिवेशन लक्षित रणनीतिको विषयमा छलफल हुनेछ । पौडेल निकट नेता बलबहादुर केसीकाअनुसार भोलिको बैठकले पार्टीको आसन्न पदाधीकारी र पूर्व पदाधीकारी तथा केन्द्रीय कार्यसमिति बैठकका लागि समूहको रणनीति तर्जुमा गर्नेछ ।
पार्टीले कात्तिक २७ गतेका लागि पदाधिकारी र पूर्व पदाधीकारीहरूको बैठक बोलाएको छ । तीन महिनापछि कात्तिक २८ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *