प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके : बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाएका छन् ।
मंगलबार नेपाल बार परिसरमा आयोजित विरोध प्रदर्शनमा उनले अहिलेको अवस्थामा प्रधानन्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह पनि गरे । उनले भने, “प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।”सो क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशको राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए ।
अहिले न्यायाधीशहरू पनि आन्दोलमा रहेकाले के आधारमा आन्दोलनमा लागेको हो, त्यसका कारणहरू सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।