मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक शेयर कात्तिक १२ गते शुक्रवारदेखि लिलामीमा आएको छ । कम्पनीले कात्तिक २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी विद्यमान संस्थापक शेयरधनी तथा अन्य योग्य व्यक्ति तथा संस्थाहरुका लागि उक्त शेयर लिलामीमा ल्याएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेृ कम्पनीले जानकारी दिएको छ ।
तोकिएको अवधिभित्र प्राप्त आवेदन कात्तिक २५ गते विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।