बिहिबार तोलामा चार सयले घट्यो सुनको मूल्य


नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । बुधबार भने सुनको मूल्य तोलामा ६ सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *