लेबनानको राजधानी बेरुतमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु
लेबनानको राजधानी बेरुतमा हिंसा भड्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते छन् ।
गएको वर्ष बेरुतको बन्दरगाहमा भएको ठूलो विस्फोटको छानबिनविरुद्ध सिया मुस्लिम समूहहरू हिजबुल्लाह र अमालले विरोध गरिरहेको समय गोली चल्दा ६ जनाको ज्यान गएको हो ।हिजबुल्लाहका सयौँ समर्थक र सहयोगीहरूले बेरुत पोर्ट विस्फोटनको अनुसन्धानमा एक न्यायाधीश पक्षपाती भएको भन्दै उनलाई हटाउनुपर्ने माग गर्दै बिहीबार कालो पहिरनमा प्रदर्शन गरेका थिए ।
हिजबुल्लाह र अमालले संयुक्त रूपमा विज्ञप्ति जारी गरी गोलाबारीको पछाडि क्रिस्चियन लेबनानी बलको हात रहेको आरोप लगाएका छन् ।