कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्कासन गर्दै सामलिङ्ग पावर
सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा छिटोमा कार्तिक ८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्कासनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।