नेपाली क्रिकेटका कप्तान र उपकप्तानसहित ३ खेलाडीमा कोरोना पुष्टी


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाईरसको संक्रमण भएको छ । कप्तान ज्ञानेन्द्र बुधबार आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकबाट ज्ञानेन्द्रले आफुलाई कोरोना भएको जनाएका हुन् । कोरोना देखिएपनि आफुलाई कुनै लक्षण नदेखिएको उनले बताएका छन् ।

ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको क्यानले जनाएको छ । यस्तै टिमको एक स्टाफ प्रदिप लामालाई समेत कोरोना देखिएको छ ।

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ । क्यानले मंगलबार परिक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *