ईपीएल : भैरहवा र ललितपुरबीचको खेल बराबरीमा


सुपर ओभरमा पुगेको खेल लाइट नपुग्दा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सले अंक बाडेका छन् । एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–ट्वान्टी क्रिकेट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको १७८ रनको लक्ष्य भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

भैरहवाका लागि उपल थरङ्गाले ६७ रनको अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । त्यसतै कुशल मल्लले ३५ रन बनाउँदा आरिफ शेख २८ र तामिम इकवालले १४ रनको योगदान गरे ।बलिङतर्फ ललितपुरका लागि राशिद खानले तीन विकेट लिए । त्यस्तै रिजन ढकालले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो ।ललितपुरका लागि सान्दुनले ५८ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले दुई चौका र पाँच छक्का प्रहार गरे । अजसउल्लाह ओमजाइले ४२ रन जोड्दा सन्दीप जोराले ३८ र ओसाडा फर्नान्डोले २० रनको योगदान गरे ।

बलिङतर्फ भैरहवाका लागि अविनाश बोहोराले दुई विकेट लिए । धमिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले समान एक–एक विकेट लिए ।लिगमा तीन खेल खेलेको भैरहवाकाले ४ अंक जोडेको छ ।ललितपुरले भने पहिलो अंक जोडेको छ । लिगमा तीन खेल खेलेको ललितपुरले १ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *