बुधबार यी भगवानको पूजाआजा र ब्रत बसे हुन्छ मनोकामना पूरा


हिन्दूधर्मशास्त्र अनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार) को पूजा गरिन्छ ।

कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ ।
व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ ।
‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ । यो व्रतमा पनि एकछाक नुन बार्नु पर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *