कुमारी बैंकको लाभांश घोषणा


कुमारी बैंकले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकको असोज ११ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *