सही विधिमार्फत पूजा-आराधना गरे मात्र मिल्छ हनुमानको कृपा


हनुमान प्रसन्न पार्न र उनको आशीर्वाद प्राप्त गर्न मंगलबार हनुमानको आराधना गरिन्छ । यस्तोमा पूजाको सही विधि र उपायमार्फत आराधना गरे मात्र हनुमानको कृपा प्राप्त हुने धार्मीक विश्वास रहेको छ ।

१। हनुमानको पूजामा उनको प्रिय रंग केसरीको प्रयोग अनिवार्य र अधिक गर्नु पर्दछ ।
२। कुनै पनि पिर्कामा रातो सफा कपडा ओच्छ्याएर त्यसमा हनुमानका साथै भगवान रामको पनि प्रतिमा वा तस्वीर राख्नु पर्दछ ।

३। हनुमानको पूजा गर्नु पुर्व भगवान श्रीरामको पूजा गर्नु पर्दछ ।

४। हनुमानको पूजामा हनुमान चालीसाको पाठ अनिवार्य छ ।

५। हनुमान चालीसाका अलावा सुन्दरकाण्ड, बजरंग बाणका साथै रामायण पाठ गर्नु उत्तम मानिन्छ ।

६। हनुमानलाई चमेलीको तेल अर्पित गरे जीवनका सबै कष्ट नष्ट हुने विश्वास छ ।

७। आर्थिक अभावबाट छुटकारा पाउन चमेलीको तेलमा दियो बाल्नु पर्दछ ।

८। पीपलको ११ वटा पातलाई गंगाजलले सफा गरी सिन्दूरले श्रीराम लेखेर हनुमानलाइ चढाउनाले पनि आर्थिक समस्या समाधान हुन्छ ।

९। यस दिन रातो रंगको वस्त्र लगाउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *