एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा छलफल


नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ ।

अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको थियो ।

सोमबार बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संसोधनसम्बन्धी प्रतिवेदन शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा पेश गरिएको थियो ।

प्रतिवेदनमाथि छलफल गर्न ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू,लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *