आज पनि सुनको भाउमा उल्लेख्य गिरावट


नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार ५५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य ११५५ मा कारोबार भएकोमा आज बढेर तोलामा बढेर ११६० कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *