रुरु जलविद्युतको शेयर मूल्य समायोजन


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ७ मा बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो ।

कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२०६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य १३२७ रुपैयाँ थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले असोज १६ गते भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ । साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७६र७७ अवधिको मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *