निफ्राले सेयरधनीहरुलाई नगद लाभांश दिने


नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।बैंकका अनुसार हाल कायम रहेको २० अर्ब चुक्ता पुंजीको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसमेत) दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले अनुमोदन र आगामी साधारणसभाले स्वीकृत गरेपनि लगानीकर्ताले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *