एएफसी वुमन्स क्वालिफायर्समा नेपालको हङकङसंग सामना
नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्समा आज हङकङको सामना गर्दैछ। उज्बेकिस्तानको मज्मौसी स्टेडियममा पौने ४ बजे खेल सुरु हुनेछ।
समूह एफमा रहेको नेपालले यसअघि फिलिपिन्ससँग खेलिसकेको छ। उक्त खेलमा अग्रता बनाएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल २(१ गोल अन्तरले पराजित भएको थियो।
नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्ससँगको नतिजामा खेलाडी सन्तुस्ट नभएको भन्दै हङकङमाथि दवाब हुने बताए।
फिलिपिन्ससँगको नतिजाले खेलाडीहरु सन्तुस्ट छैनन्। हङकङमाथि पनि धेरै प्रेसर छ। उनीहरुको फ्रेस टिम छ, प्रशिक्षक फिलिप्सले भने, हामी यसअघि खेलिसकेका छौं। उनीहरु माथिल्लो बरीयताका हुन्। तर हामीले पनि राम्रो तयारी गरेका छौं।