सत्तारुढ गठबन्धनलाई डा बाबुराम भट्टराईका पाँच सुझाव


पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी अध्यादेशको विषय चाँडो छिनोफानो गरेर सरकारलाई छिटो पूर्णता दिन आग्रह गरेका हुन् ।

उनले राष्ट्रिय सहमति कायम गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नुपर्नेमा जोड दिए ।त्यस्तै, उनले प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउन शीर्ष नेताहरुलाई अनुरोध गरेका छन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका डा भट्टराईले गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *