प्रतिनिधिसभाको बैठक बस्दै,एमालेले अवरोध गर्ने


प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ ।

नेकपा एमालेले भने लगातार संसद बैठकमा नाराबाजी गर्दै आएको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ रहँदै आएको छ ।

‘एमालेको निर्णयअनुसार १४ सांसदलाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यी दुईवटा सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *