पपुवा न्युगिनीमाथि नेपालको शानदार जित,सन्दीपको उत्कृष्ट बलिङ


नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई नेपालले १५१ रनले पराजित गरेको छ । दोस्रो खेल जितेसँगै नेपालले पीएनजीविरुद्धको २ खेलको श्रृंखला पनि २-० ले जितेको छ । ओमानमा शुक्रबार भएको डेनाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमै अलआउट भयो ।

नेपालका लागि स्टार स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ५ ओभर १ बल बलिङ गर्दै ११ रन दिएर ६ विकेट लिए । सन्दीपको स्पीन अगाडि टिक्न नसकेपछि पीएनजीका ब्याटरले आत्मशमर्पण गरेका थिए । सन्दीपले पहिलो खेलमा पनि ४ विकेट लिएका थिए । पहिलो खेलमा पनि म्याद अफ द म्याच बनेका सन्दीप दोस्रो खेलमा पनि म्यान अफ द म्याच भए ।
नेपाललाई श्रृंखला जिताउनेक्रममा सोमपाल कामी, बिक्रम सोब र सुशान भारीले १–१ विकेट लिए । पीएनजीका एक खेलाडी रन आउट भएका थिए । दिएको छ । पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *