गर्मीमा फ्रिजको पानी पिउनु कति स्वस्थकर हुन्छ ?
अहिलेको मौसममा गर्मीले औडाहा भएपछि चिसो पेय वा फ्रिजको पानी पिउनु सामान्य कुरा हो । फ्रिजमा चिसो पारीएको पानीले तत्काल हामीलाई आनन्द आउँछ । तर यसरी पिएको पानी नै हाम्रालागि कालान्तरमा स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।
के के छ त फ्रिजको चिसो पानी पिउनुको हानी ?
१। चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ । श्वासनलीको सुरक्षार्थ हुने पत्रमा कफ जम्मा हुँदै जाँदा विभिन्न संक्रमण हुन पुग्छ । यसले घाँटी खराब हुने खतरा बढाउँछ ।
२। मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । जब कुनै चिसो चिज पिइन्छ तब त्यसलाई सामान्य तापक्रममा बदल्न शरीरको ऊर्जा खर्च हुन्छ । खाएको पदार्थ पचाउन र पोषक तत्व शोषणका लागि प्रयोग हुनुपर्ने ऊर्जा अन्यत्र खर्च हुँदा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।
३। बरफ वा चिसो पानी पिउँदा मुटुको गति कम हुने खतरा पनि रहन्छ । चिसो पानीले ‘भेगस नर्भ’ उत्तेजित पार्छ । भेगस नर्भको काम शरीरको पराधीन कामलाई नियन्त्रित गर्नु हो । यसले मुटुको गति कम गर्न मध्यस्थता गर्छ । चिसो पानीले भेगस नर्भ उत्तेजित पारेपछि मुटुको गति कम हुन थाल्छ ।
४। फ्रिजमा राखिएको अत्यधिक चिसो पानी पिउँदा पाचन प्रक्रियामै बाधा उत्पन्न हुन्छ । चिसो पानीले रक्तबाहिनी नली खुम्चिन पुग्छ । यसले पाचन पक्रिया गति सुस्त बनाउँछ । खाएको कुरा ठीक तरिकाले पाचन भएन भने खानामा भएका पोषक तत्व शरीरले पाउँदैन ।